RSS feed

  • Kismat trailer, songs and reviews


    Posted on September 15th, 2009 xnepali 1 comment

    Rekha Thapa’s very successful movie, Kismat, is the third movie she has produced. Although the story and few scenes are exact copies of various Hindi movies, presentation has made it popular among viewers. Detail review is given below (in Nepali). Watch the poster and a couple of songs from the movie first.
    Advertisement:

    The movie was released in Baisakh of 2064.
     

    <a href="http://www.youtube.com/watch?v=L8tlJlhFpX8" target="_blank" class="aeva_link bbc_link new_win">http://www.youtube.com/watch?v=L8tlJlhFpX8</a>
    <a href="http://www.youtube.com/watch?v=SbSodaEg570" target="_blank" class="aeva_link bbc_link new_win">http://www.youtube.com/watch?v=SbSodaEg570</a>

    Nepali Movie "Kismat" Trailer

    <a href="http://www.youtube.com/watch?v=99eHkVuok_c" target="_blank" class="aeva_link bbc_link new_win">http://www.youtube.com/watch?v=99eHkVuok_c</a>

    किस्मत (२०६४) नायिका रेखा थापाको चलचित्र निर्माण संस्था रेखा फिल्म्सद्वारा निर्मित तेस्रो चलचित्र हो । गोठालो, जिन्दगानी जस्ता सफल चलचित्रका निर्देशक उज्ज्वल घिमिरेद्वारा निर्देशित यो चलचित्रलाई ३५ एमएम सिनेमास्कोप प्रविधिमा निर्माण गरिएको छ । पुरुषको भाग्यबारे समाजमा निकै चर्चा भए पनि नारीको किस्मतबारे कुनै कुरा उठाइँदैन । नारीकै किस्मतका कारण पुरुषको भाग्य बलियो हुने वा बिग्रन सक्ने विषयमा निर्माण गरिएको यो चलचित्रकी नायिका निर्मात्री रेखा थापा स्वयं हुन् । चलचित्रमा विराज भट्ट नायक रहे पनि रोमान्टिक नायकका रूपमा आर्यन सिग्देल पहिलो पटक ठूलो पर्दामा देखा पर्दैछन् ।

    हिन्दी फिल्मको नक्कल किस्मत
    विजयरत्न तुलाधर

    चलचित्र बन्नुपर्छ। बनेका सबै चलचित्र चल्नुपर्छ। नायिका रेखा थापाले बनाएको चलचित्र 'किस्मत' मोफसलमा राम्रै चलेको चलचित्र हो। कस्ता चलचित्र चल्छन् वा सफल हुन्छन् भन्ने कुराको कुनै निश्चित मापदण्ड हुने गर्दैन। समान स्तरका एक चलचित्रले राम्रै व्यापार गर्न सक्छ भने अर्को चाहिँ घाटामा जान पनि सक्छ। यहाँ बनिने प्रायः चलचित्रहरु हिन्दी चलचित्रका ठिमाहा सन्तानका रुप मात्र हुन्। प्रायः सबैले हिन्दी चलचित्रबाटै कथा उठाउँदै आएका छन्। तर सबैले सफलता हासिल गर्न सक्दैनन्।
    यसै साता राजधानीमा प्रदर्शन आरम्भ गरिएको चलचित्र 'किस्मत' मा एउटी नायिका हुन्छिन् रेखा थापा। उनीसित प्रेम गर्ने नायक आर्यन सिग्देल धनी बाबुका छोरा हुन्। आर्यनका पिता नीर शाहलाई यो सम्बन्ध स्वीकार्य हुँदैन। यसैबीच नायिकाको भेट अर्का एक नायक विराज भट्टसित हुन्छ। जो कुख्यात गुन्डा हुन्। नायिकासितको भेटपछि यी नायक आफ्ना सबै कुलत त्याग्न तयार हुन्छन्। त्रिकोणात्मक प्रेम कथाको रुपमा प्रस्तुत गरिएको 'किस्मत' मा निर्देशकले मानिसको भाग्य (किस्मत) मा जे लेखिएको छ त्यही मात्र पाइन्छ भन्ने कुरा देखाउने प्रयास गरिएको छ। सयौं हिन्दी र केही नेपाली चलचित्रमा बारम्बार दोहोरिरहेको प्रेम त्रिकोणको यो कथालाई आकर्षक बनाउन निर्देशक उज्जल घिमिरेले धेरै नै मिहिनेत गरेका छन्। निर्देशकको मिहिनेत सार्थक बनाउन निर्माण पक्षले पनि मन खोलेर खर्च गरेका छन्।
    'किस्मत' एउटा आकर्षक चलचित्र बनेको छ र चलचित्रलाई आकर्षक बनाउनका लागि लेखक र निर्देशक दुवै जना मिलेर केही हिन्दी चलचित्रका प्रसंगहरुको सहारा लिएका छन्। गाउँबाट सहरमा नायक भेट्न आएकी नायिका र उनको बुबालाई नायकको विशाल घरको प्राङगणमा पर्खिन लगाएको दृश्य सुभाष घइको 'ताल'बाट उठाइएको छ। नोकरले मालिकलाई आफ्नो मालिक हुनबाट बञ्चित गराएको दृश्य 'विधाता' को हो। दुवै नायक एक अर्काको लागि नायिका त्याग्न तयार भएको दृश्य र यसै प्रसंगमा नायिकाले बोल्ने संवाद संजय दत्त–माधुरी दीक्षित–सलमान खानको 'साजन' सँग मिल्दोजुल्दो छ। दुवै नायकहरुले आ–आफ्ना प्रेयसीको वर्णन गर्दै गाएको गीत विनोद खन्ना र ऋषि कपुरले 'चाँदनी'मा गाएको गीतबाट प्रेरित छ। यस्तै गरी 'किस्मत' को अन्त्य अमिताभ बच्चनको 'मुकन्दरका सिकन्दर' र सनी देवलको 'जीत'बाट प्रेरित छ। निर्देशक उज्वल घिमिरेले थुप्रै हिन्दी चलचित्रका रोचक प्रसंगहरु कुशलतापूर्वक 'किस्मत' भित्र समाहित गर्न सफल भएका छन्। कुनै एउटा चलचित्रको सिंगो नक्कल गरिनुभन्दा यसरी विविधता पस्किन सक्नुलाई निर्देशकको खुबी मान्नु पर्दछ। उनको पछिल्ला चलचित्रहरुमध्ये 'जिन्दगानी' पनि 'धरती कहे पुकार के' र 'होगी प्यार कि जीत' का प्रसंगहरु समेटिएका चलचित्र हुन्।
    चलचित्र 'किस्मत' मा थुप्रै रोचक प्रसंगहरु समेटिएको छ। र ती प्रसंगहरुका कारण दर्शकलाई मन्त्रमुग्ध भई कुर्सीमा बसिरहन बाध्य पारेको छ। यति हुँदै पनि यो चलचित्रको लम्बाई अलि घटाएको भए अझ राम्रो हुने थियो भन्नु पर्दछ। प्रसंगहरु रोचक बनाउन सफल भएजस्तै निर्देशकले कतैकतै केही कुरा अनुत्तरित रुपमा पनि छोडिदिएका छन्। त्यस्ता अनुत्तरित प्रसंगहरुमा निर्धारित दिनमा आफ्नो छोरा घर नफर्किदा धनाढ्य उद्योगपति आफैं छोरा खोज्न हिंड्नु, जहाँ पनि आफ्नो नोकरलाई साथमै लिएर जाने नायकले परवानीपुर जाँदा नोकरलाई घरमै छोडेर हिंड्नु, श्रमिक तलब खुलेआम लुट्न आउने गुन्डा आउँछ भन्ने थाहा पाएका व्यवस्थापकले सुरक्षाको कुनै व्यवस्था नगरिकन खुल्ला ठाउँमै बसेर तलब बाँड्नु अनि विवाह मण्डपबाट सिधैँ क्लाइमेक्समा आएका नायकले सबै लुगा कहाँ फेरेर आए भन्ने खालका सामान्य कुराको प्रश्न दर्शकलाई नै खोज्ने जिम्मामा छोडिदिएको जस्तो देखिन्छ।
    यो चलचित्रमा अभिनयको कुरा गर्दा निर्मात्री रेखा थापा आफैं नायिकाको रुपमा देखापरेकी छिन् र उनले आफ्नो ग्ल्यामर गर्लको प्रचलित छविबाट पृथक रही सहज अभिनय गरेकी छिन्। आफ्नो ग्ल्यामर छविलाई बचाउन उनले एउटा गीतमा पानीमा डुबी अंग प्रत्यंग पनि प्रदर्शन गरेकी छिन्। 'किस्मत' मा पहिलो पटक नायकका रुपमा देखापरेका आर्यन सिग्देललाई भविष्यका चम्किला ताराका रुपमा लिन सकिन्छ। अर्का नायक विराज भट्ट पनि भावनात्मक भूमिकाबाट मन जित्न सफल छन्। हास्य मिश्रित भूमिकामा सुभद्रा अधिकारी, अन्य भूमिकाहरुमा नीर शाह, हरिहर शर्मा, गोपाल फिस्टे नेपाल, रमेश अधिकारी, विजय देउजा, जितु नेपाल, कमलकृष्ण आदिबाट निर्देशकले कुशलतापूर्वक काम लिएका छन्।
    यस चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, नृत्य बसन्त श्रेष्ठ र शान्ता नेपाली, संगीतकार लक्ष्मण शेष, सम्पादक तारा थापा, किम्भे हुन्। छायाकार शम्भु सापकोटा हुन्। 'किस्मत' लाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट राम्रै साथ दिएका छन्। विशेषगरी लोकप्रिय गीतहरुका लागि लक्ष्मण शेष र आकर्षक छायांकनका लागि शम्भु सापकोटा धन्यवादका पात्र हुन्। चलचित्र 'किस्मत'लाई एकै वाक्यमा समीक्षा गर्दा यो स्तरीय ढंगले निर्माण गरिएको सामान्य कथाको चलचित्र हो भन्नु पर्दछ।





 

1 responses to “Kismat trailer, songs and reviews” RSS icon


Leave a reply

 

Meta

Ads

Calendar

March 2010
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
293031  

Tags

Zenisha Moktan sex scandal Rekha Thapa documentary miss teen Nepali Singer Hari Bamsha Acharya beauty contest nepali actor madan bahadur hari bahadur Nepali Movie Madan Krishna Shrestha Nepali Model Namrata Shrestha Dilip Rayamajhi sunil thapa Nepali Actress nepal Rajesh Hamal Pooja Lama

Most Searched Terms: